Spread the love

भैरहवा, ४ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित शहिदपथ क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा सडक किनारमा छाडिएका दुईवटा कार फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बरामद गरिएका सवारी साधनमध्ये युपि ५३ बिडि ००२९ नम्बरको हुन्डाई कम्पनीको कार र युपि ५३ डिएफ ६९८० नम्बरको महिन्द्रा कम्पनीको कार रहेका छन् । दुवै सवारीसाधनको अनुमानित बजार मूल्य करिब २७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बेवारिसे अवस्थामा फेला परेका ती सवारीसाधनबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । बरामद गरिएका दुवै कारलाई आवश्यक कानुनी प्रक्रिया तथा थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही मा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्