Spread the love

बुटवल, २९ जेठ ।
बिरगंजमा सम्पन्न राष्ट्रिय कबड्डी प्रतियोगिता–२०८३ मा लुम्बिनी प्रदेश टिम उपविजेता बनेको छ । मधेश खेलकुद परिषदको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा मधेश प्रदेश टिमसंग पराजित हुदै लुम्बिनी उपविजेतामा चित्त बुझाएको हो ।

विजेता मधेशप्रदेश र उपविजेता लुम्बिनी प्रदेश नगद २५–२५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । वीरगंज सिद्धार्थ माविमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा केही समय विवाद भएपनि खेल रोकिएको थियो । रेफ्रिका गलत निर्णयका कारण हार ब्यहोनुपरेको लुम्बिनी प्रदेश टिमको भनाई छ ।

लुम्बिनीले सेमीफाईनलमा नेपाल आर्मीलाई ४८/४६ अंकले पराजित गरेको थियो । तेस्रो हुने टिम नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । एक समारोहका बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्