Spread the love

भैरहवा, २४ जेठ ।
मानव बेचबिखनको सबैभन्दा ठूलो ट्रान्जिट मानिने भैरहवामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण कार्यक्रम गरिएको छ । मानव बेचबिखनविरुद्ध अभियान चलाउदै आएको संस्था माइती नेपाल भैरहवाले नेपाल–भारत बिच खुला सीमा भैरहवा क्षेत्रमा सो कार्यक्रम गरेको हो ।

सिद्धार्थनगर नगरपालिका–६ किशोरपुरमा गरिएको कार्यक्रममा सहभागी किशोरी र महिलालाई माइती नेपाल भैरहवाको कार्यक्रम संयोजक माया क्षेत्रीले मानव बेचबिखनको जोखिम, समस्या र कानुनी उपचारको व्यवस्था जस्ता विविध विषयमा जानकारी दिईन ।

कार्यक्रममा महिला समूहको अध्यक्ष सचिता अर्याल महासचिव लाजिना देवकोटा, शान्ता भण्डारी, तुलसी बस्नेत, मिना सिंह क्षेत्री, खिम कुमारी थापा, कल्पना ज्ञवाली, धरा पन्थी, सिद्धार्थनगर बाल क्लबको अध्यक्ष तारा बेल्बासेले बढीभन्दा बढी सचेतना जगाउने यस्ता कार्यक्रमलाई टोलटोलमा लग्नुपर्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्