Spread the love

बुटवल, २४ जेठ ।
रुपन्देही क्रिकेट संघमा चुनावी सरगर्मी बढेको छ । सोमबार हुने संघको निर्वाचनमा हरि बहादुर थापा पुनः अध्यक्षमा दोहोरिने दाउमा छन भने पूर्व क्रिकेटर तथा प्रशिक्षक शक्ति गौचन नेतृत्वमा बलियो उम्मेदबारी घोषणा दिएका छन । निर्वाचनको समय घर्किदै जादा उम्मेदबार घोषणा र नया नया समिकरणले बजार तातेको छ ।

आईतबार बुटवलमा भएको क्रिकेट खेलाडी, पूर्व क्रिकेट खेलाडी, क्लबहरुको भेलाले शक्ति गौचनलाई साथ दिने निर्णय गरेको छ । बुटवल क्रिकेट विकास समितिको अगुवाईमा बसेको भेलाबाट पूर्व क्रिकेटर तथा प्रशिक्षक शक्ति गौचनलाई मत दिने निर्णय गरेको हो । बुटवल, तिलोत्तमाका पूर्व खेलाडी, कोच तथा क्लबका २२ मत एक ढिक्का शक्तिको पक्षमा दिने निर्णय सार्वजनिक गरेको हो ।
अझ थापाका पक्षको मानिदै आएको हालको कार्यसमिति सदस्य प्रथम पराजुली एकाएक शक्ति गौचन पक्षबाट सचिव पदमा उम्मेदबारी घोषणा भएपछि तरंग छाएको छ । पराजुली शुक्रबारसम्म सामाजिक संजालमा हरि बहादुर थापा पक्षबाट चुनावी प्रचारमा थिए । अध्यक्ष शक्ति गौचनपक्षमा उपाध्यक्ष सन्जिव जोशी, सचिव प्रथम पराजुली, कोषाध्यक्ष सत्यजित सरकार उठ्ने पक्का भैसक्दा हरि बहादुर थापा पक्षबाट उपाध्यक्षमा तिरुपतिका खेम भुषालमात्र सामाजिक संजालमा सार्वजनिक गरेका छन । अन्य पदमा हेर र पर्खको अवस्थामा रहेको छ ।

शक्ति गौचनलाई यसअघि नै लुम्बिनी खुकुरी क्लब, तिरुपति क्रिकेट क्लबले आधिकारीक उम्मेदबार घोषणा गरेको छ । चार वर्षे कार्यकाल पुरा गरेको थापा वार्षिक जिल्ला लिग प्रतियोगिता र खेलाडीहरुलाई भत्ताको ब्यवस्था गर्न सफल भएको भन्दै आफनो चुनावी प्रचारमा छन ।

यसअघिको निर्वाचनमा झिनोमत अन्तरले पराजित भएका शक्ति यसपटक जित्ने दाबी गर्छन । एकेडेमीमार्फत ग्रासरुट क्रिकेट, उमेर समुहमा खेलाडी उत्पादन, नियमित खेल प्रतियोगिता गराउदै आएको उनि अब रुपन्देहीको विगतको क्रिकेट बिरासत फर्काउन आफनो उम्मेदबारी दिएको बताउछन ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्