Spread the love

प्यूठान, २५ असार ।
ग्रामीण क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्यूठानको गौमुखी गाउँपालिका–७ नारीकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । गौमुखी गाउँपालिका–७ को सहयोग तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि, बुटवल र निमतारा पोलिक्लिनिक, विजुवार प्यूठानको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा हाडजोर्नी तथा ट्रमा रोग विशेषज्ञ डा. सोम आले, स्तन तथा क्यान्सर रोग विशेषज्ञ डा. सञ्जन पाण्डे, महिला तथा प्रसूति रोग विशेषज्ञ डा. रेश्मी बैदवार, फिजिसियन डा. द्वारिका प्रधान, डा. सुभास जिसी, डा. अर्जुन सुवेदी तथा डा. मनिष पराजुलीलगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।

अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष विभिन्न जिल्लाका समुदायस्तरमा स्थानिय वडा कार्यालयको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ४० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

आठ जना विशेषज्ञ चिकित्सकसहित २२ जना स्वास्थ्यकर्मीमार्फत सेवा दिएको लुम्बिनी सिटी अस्पतालका जनसम्पर्क अधिकृत एवं सञ्चालक राधा विष्टले बताईन । शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको उनले जानकारी दिइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्