Spread the love

काठमाडौँ ।

सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फ छनौट प्रतियोगिताको फाइनलमा सोमबार नेपाल र हङकङ बिच खेल हुदैछ । खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुदैछ । सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेट तथा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेका हुन ।

सोमबार नै ओमान र मलेसिया बिच तेस्रो स्थानका लागि खेल शुरु भएको छ । सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्