काठमाडौं,२० जेठ । साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज हुने सेमिफाइनल खेलमा नेपालले बंगलादेश बिच प्रतिस्पर्धा हुदैछ । भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा हुने सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो । लगातार दुई जितसँगै ६ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको समूह ‘बी’ बाट बंगलादेश सेमिफाइनलमा पुगेको हो ।
आयोजक भारत, बंगलादेश र माल्दिभ्स रहेको उक्त समूहबाट शीर्ष दुई टोली अन्तिम चारमा पुगेका छन् । साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल पटक–पटक फाइनल पुगे पनि उपाधि जित्न भने सफल हुन सकेको छैन । सन् २०१० देखि आयोजना हुँदै आएको यस च्याम्पियनसिपको करिब १६ वर्षको यात्रामा नेपाल सधै सेमिफाइनलमा पुगेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1



















