Spread the love

बुटवल, २० जेठ । लुम्बिनी प्रदेशमा नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारुमगर रहेका छन् ।

मन्त्रीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशन र सल्लाहबमोजिम आफ्नो पदबाट सामूहिक राजीनामा दिएका हुन् । मन्त्रीहरूको राजीनामासँगै एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि अवसर नपाएका र ज्येष्ठ सदस्यलाई प्राथमिकता दिँदै नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको छ ।

रिक्त मन्त्री पदका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्