Spread the love

बुटवल, जेठ १३ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, बुटवलले विभिन्न तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षणको नतिजा सार्वजनिक गरेको छ ।
प्रयोगशालाले बजार तथा विभिन्न उत्पादन क्षेत्रबाट संकलन गरिएका करेला, बोडी, काउली, भेण्डी, तरबुजा, केरा, आँप, प्याज, गोलभेंडा लगायतका नमूनामा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको परीक्षण गरेको जनाएको छ ।

परीक्षणमा समावेश अधिकांश नमूना चितवन, रुपन्देही, कपिलवस्तु, बर्दिया लगायतका जिल्लाबाट ल्याइएको थियो भने केही तरकारी तथा फलफूल चीनबाट आयातित रहेको उल्लेख गरिएको छ । प्रयोगशालाका अनुसार परीक्षण गरिएका सबै नमूनामा विषादीको मात्रा तोकिएको मापदण्डभित्र रहेकाले “उपभोग योग्य” रहेको निष्कर्ष निकालिएको छ ।

प्रयोगशालाले जारी गरेको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भए उपभोगयोग्य मानिने, ३५ देखि ४५ प्रतिशतसम्म भए क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिने,र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गरिने व्यवस्था रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्