Spread the love

बुटवल, १३ जेठ ।
नेपाली सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत रुपन्देहीमा एक विद्यालयमा दुई कोठे भवन निमार्ण सम्पन्न गरि हस्तान्तरण गरिएको छ । रोहिणी गाउँपालिका–२ मैनिहवास्थित श्री राम आधारभुत विद्यालयको दुई कक्षाकोठा भवन श्री तारा गणद्धारा निमार्ण सम्पन्न गरि बुधबार उदघाटनसंगै हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

एक समारोहका श्री मध्य पश्चिम पृतना हेक्वाका पृतनापति उपरथी हिम्मत बहादुर बिष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावर यादवलाई औपचारिक रूपमा हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन ।

विद्यालयको पुराना कक्षाकोठा चर्किएर जीर्ण अवस्थामा पुगेका तथा विद्यार्थी संख्या बढ्दै जाँदा थप कक्षाको आवश्यकता महसुस भएपछि नेपाली सेनाले सामुदायिक आवश्यकतालाई प्राथमिकतामा राखेर नयाँ भवन निर्माण गरेको हो । नव–निर्मित भवनले विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र सहज वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने विश्वास लिइएको छ ।

नेपाली सेनाले शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक पूर्वाधार तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी विभिन्न शीघ्र प्रभावी आयोजनाहरू सञ्चालन गर्दै आएको छ । यस्ता योजनामार्फत छोटो समयमै प्रत्यक्ष प्रभाव देखिने तथा समुदायको तत्काल आवश्यकता सम्बोधन गर्ने साना विकास परियोजनाहरू कार्यान्वयन गरिने नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, श्री नं. २२ वाहिनी अड्डाका वाहिनीपति, तारादल गणका गणपति, जिल्ला सुरक्षा समितिका पदाधिकारी, रोहिणी गाउँपालिका–२ का वडा अध्यक्ष, नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्