बुटवल, १३ जेठ ।
बुटवलको ज्योतीनगर पहिरो समाधानमा संघ र प्रदेश सरकारबाट सहयोग नभएको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गुनासो गरेका छन । बुटवल उपहानगरपालिका ३ नं वडा कार्यालय वडा भेला तथा वडास्तरीय योजना तर्जुमा कार्यक्रमको उद्घाटन गर्दै उनले स्थानिय सरकारको पहलमा ६ करोड रुपैयाको बजेटबाट अल्पकालिन कामहरु भएको बताए । यसमा स्थानिय बासिन्दाहरुको जनश्रमदानबाट रोकथाममा सहयोग भएको उनले बताए । ‘पहिरोको चिन्ता अझै पनि ज्यूका त्यु रहेको छ ।’– उनले भने । दीर्घकालिन रुपमा समाधानको पहल भएपनि काम अघि बढ्न नभएको उनले बताए ।
नगरमा रहेको अब्यवस्थित जग्गाहरु ब्यवस्थित गर्न कार्यपालिकाबाट सर्वसम्मत रुपमा निर्णयहरु गरिएको भन्दै उनले पुर्जा बाडिएको बताए । पछिल्लोसमय करीब १० हजार नापजाप गरेर सकेको उनले बताउदै जिल्ला भुमि आयोगबाट थप प्रक्रिया रोकिदा लालपुर्जा बाड्न नसकिएको बताए । सडक बिस्तार र सौन्दयिकरणको धेरै काम भएको वडामा बजारीकरणको समस्या देखिएको उनले बताए । आयआर्जनमा स्थानियलाई जोड्ने गरि बजारीकरण गर्ने योजना बनाउन उनले आग्रह गरे । समुदायका ससानो र ब्यवहारिक रुपमा देखिने धेरै काम गरेको उनले दाबी गरे । शिक्षा, स्वस्थ्य, सीपयुक्त तालिममा बढी जोड दिएको उनले बताए । पूर्व जनप्रतिनिधिबाट अघि बढाईएका काम र योजनालाई निरन्तरता दिएको उनले दाबी गरे । आफ्नो कार्यकालमा धेरै भन्दा पनि नमुना काम गर्न सफल भएको उनले बताए । ‘एउटा ईटटा थप्ने काम गरेका छौ ।’–उनले भने ।
कार्यक्रममा चार वर्षको अवधिमा वडामा भएका प्रगतिबारे जानकारी दिदै वडाअध्यक्ष विष्णु प्रसाद ढकालले वडाभित्रका विकास निमार्ण, खेलकुद, शिक्षा, स्वास्स्थयका क्षेत्रमा भएका प्रगति प्रस्तुत गरे । वडामा माईक्रो बस ब्यवस्थापन, खुला ब्यायमशाला निर्माण, विभिन्न टोलहरुका बाटाहरु बनाउने काम, बाद्यवादन तालिम, धार्मिक, जेष्ठनागरिक, युवा, महिला, बालबालिकाका सबै क्षेत्रमा कामहरु भएको उनले दाबी गरे । समाजसेवीको सहयोगमा वडा कार्यालयमा सेवाग्राहीलाई निशुल्क फोटोकपि सेवा दिन सफल रहेको उनले बताए । कला, भाषा, संस्कृति जगेर्नामा अग्रसर विभिन्न जातजाती र समुदायहरुलाई सहयोग गर्दै आएको उनले बताए ।
पूर्व जनप्रतिनिधि चिन बहादुर गुरुङले आफ्नो कार्यकालमा विधि र कानुन बनाउने काम धैरै भएको दाबी गरे । यसैगरि स्थानिय स्वयत्तशासन ऐन लागू भएको भन्दै आफ्नो कार्यकालमा धेरै विकासका कामहरुको शुरुवात भएको उनले बताए । रिङरोड निर्माण गरिदा धेरै बिरोध आएपनि वास्तवमा पहिरो रोकथाममा रिङरोड धेरै प्रभावकारी प्रमाणित भएको दाबी गरे । यसैबिच कार्यक्रममा वडाका पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । वडाभेलामा सहमागी टोल विकास संस्थाका पदाधिकारीहरुले पहिरोको दीर्घकालिन समाधान र सुरक्षाको लागि सिसि क्यामरा जडानतर्फ जोड दिनुपर्ने औल्याए ।
कार्यक्रममा पूर्व जनप्रतिनिधि पुनाराम पोखरेल, वडा सचिव अशोक पाण्डेय, वडासदस्य हरिनारायण मिश्रा, पवित्रा श्रेष्ठ, अमृत खड्काले वडाका विभिन्न टोलहरुबाट आएका योजनाहरुलाई नगर सभामा पेश गरिने बताए । हाल वडामा हाल १३ वटा टोलहरु रहेका छन ।
भिडियो रिर्पोट




















