Spread the love

बुटवल, १४ जेठ ।

लायन्स क्लब अफ बटौलीले पाल्पाको एक विद्यालयका विद्यार्थीलाई ब्याग तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । क्लबको वार्षिक कार्ययोजना अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका स्थित श्री सरस्वती प्राथमिक विद्यालयमा सामग्री हस्तान्तरण गरिएको हो ।

एक समारोहका बिच क्लबका अध्यक्ष विष्णु प्रसाद गौतमसहित बाबुराम देवकोटा र युवराज ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवबहादुर चिदी तथा प्रधानाध्यापक लक्ष्मण पाण्डेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

क्लबले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै २५ वटा विद्यालय ब्याग, साढे १२ दर्जन कपी तथा खेलकुद सामग्री वितरण गरेको अध्यक्ष गौतमले बताए । लायन्स क्लब अफ बटौलीले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्