Spread the love

बुटवल, १२ जेठ ।
पर्यटन क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउन एकीकृत पर्यटन ऐनको अभाव खड्किएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले गुनासो गरेका छन । यसको कारण नीतिगत तथा कार्यान्वयन तहमा समस्या सिर्जना भएको भन्दै शीघ्र ऐन निर्माण गर्नुपर्नेमा उनिहरुको जोड दिएका छन् ।

पर्यटन क्षेत्रका पत्रकारको क्षमता विकास गर्ने उदेश्यका साथ मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको सहकार्यमा नेपाल पत्रकार महासंघको आयोजनामा बुटवलमा आयोजना भएको एकदिने पर्यटन सम्बन्धी पत्रकारहरुको क्षमता वृद्घि कार्यक्रममा बक्ताहरुले सो कुरा उठाएका हुन । कार्यक्रममा बक्ताहरुले पर्यटनबाट नै देशको आर्थिक समृद्धि सम्भव रहेको भन्दै यसका लागि आवश्यक कानुनी समस्या समाधानमा सरकारको ध्यान जानुपर्ने औल्याए ।

कार्यक्रममा पर्यटनविज्ञ युवराज घिमिरेले सहजिकरण गर्दै नेपालको पर्यटनको विकास, उद्यानहरुको सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरे । नेपालमा पर्यटन बिसं २००७ सालभन्दा अघि संस्थागत रुपमा विकास नभएको बताए । २००८ सालपछि क्रमश पर्यटन क्षेत्रमा काम गर्ने संस्थाहरु गठन हुदै २०२९ सालतिर ब्यापक रुपमा गतिविधि भएको उनले बताए । ‘अहिले पनि पर्यटन सरकारको प्राथमिकतामा परेको छैन ।’– उनले भने । विश्वभर प्रत्येक वर्ष १ अरब २० करोड मानिस घुमफिर गर्ने तथ्याक रहेको छ । नेपालमा आउने पर्यटकहरुको बसाई अवधि १३.२ प्रतिसतबाट बढेर १३.३ प्रतिशत भएको छ । सरकारले यसलाई १५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यता लुम्बिनी प्रदेश सरकारले पर्यटन विकासमा ७ वटा रणनिति अघि सारेको छ । एकिकृत पर्यटन ऐनको अभाव र एकिकृत सुचना संकलन समस्या पर्यटनमा रहेको छ । कला, भाषा, संस्कृति र जातजातिहरुको भेषभुषालाई संरक्षण गर्दै पर्यटन विकास लग्न जरुरी रहेको छ ।

यसैगरि वरिष्ठ पत्रकार डिआर घिमिरेले पार्क पर्यटन र समाचार विषयमा रहेर यसको क्षेत्र र उठान गर्न सकिने विषयबारे सहजिकरण गरे । विधागत पत्रकारीतालाई प्राथमिकता दिन जरुरी रहेको भन्दै उनले यसका लागि सरोकारवाला संस्थाहरुको सहकार्य जरुरी रहने बताए । ‘श्रोतमुलक लेखको अभाव छ ।’–उनले भने ।

कार्यक्रममा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव प्रसाद नेपालले खुला संग्राहलयका रुपमा मणिमुकुन्द सेन उद्यान रहेको भन्दै यसलाई भजाएर बढीभन्दा बढी पर्यटक भित्राउन जरुरी रहेको बताए । अधिकाश पर्यटकिय स्थल वनक्षेत्रमा रहेको र तेहा काम गर्न कानुनी बाधाहरु रहेका उनले दुखेसो गरे । रुपन्देही सेरोफेरोमा बुद्धजन्मस्थल लुम्बिनी, जितगढी, आदीमानव रामापिथेकसको बंगारा भेटिएको स्थान जस्ता धेरै सामरिक र ऐतिहासिक स्थलहरु नजिकमा रहेपनि यसलाई भजाउन नसकिएको उनले गुनासो गरे । आफु ४४ वर्षदेखि बुटवलमा पर्यटन क्षेत्रमा रहेको उदाहरण पेश गर्दै उनले पर्यटनमा लगानी गर्दा प्रतिफल आउन धेरै समय लाग्ने भएपनि एक पटक प्रतिफल दिएपछि निरन्तर प्राप्त हुने दाबी गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष विश्वास ढकाल, सचिव सीपी खनाल, सहसचिव झविन्द्र देवकोटाले पत्रकारको क्षमता विकास आजको आवश्यक भएको भन्दै विभिन्न सरोकारवाला संस्थाहरुको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्