Spread the love

बुटवल, २८ भदौं ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसन, प्रधान कार्यालय बुटवलले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा ४० लाख १ रुपैया आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । एशोसियसनले आइतवार आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी गराएको हो ।

एशोसियसनका अध्यक्ष हिमाल गैरेले संस्थामा आवद्ध पेट्रोलिय व्यवसायीहरुबाट संकलन गरेको रकममा संस्थाबाट रकम थप गरि उद्धार कोषमा रकम जम गरेको बताए । सो अवसरमा अध्यक्ष गैरेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका क्षेत्रहरूमा पु¥याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै यो दुःखद अवस्थामा सबै क्षेत्रबाट मानविय सहायताका हातहरु अगाडी बढाउन आग्रह गरे ।

अध्यक्ष गैरेले पश्चिमाञ्चल एशोसियसन अन्तरगतका क्षेत्रहरुमा पेट्रोलियम पर्दाथको आपूर्ति र वितरणमा कुनै प्रकारको अवरोध नभएको जानकारी गराउदै इभि गाडीहरुको बढ्दो प्रयोगले पेट्रोलको विक्रिमा उतारचढाव नआएको जिकिर समेत गरे । कार्यक्रममा एशोसियसनका निर्वमान अध्यक्ष प्रेम न्यौपानेले बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति समवेदना प्रकट गर्दै सो क्षेत्रका जनतालाई परेको पिडामा सबै नेपाली सहयोगी बनेर सहयोग उपलब्ध गराउने अभियानमा जुट्न आग्रह गरे । एशोसिसनमा आवद्ध ७० जना व्यवसायीहरुबाट रकम सहयोग गरिएको महासचिव डासीराम अधिकारीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्