काठमाडौं,१२ जेठ । कोशीदेखि लुम्बिनी प्रदेश सम्मका ११ वटा जिल्ला र आसपासका क्षेत्रमा मंगलबार दिउँसादेखि हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मधेस प्रदेशको बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला, बागमती प्रदेशका मकवानपुर र चितवनसहित आसपासका जिल्ला र गण्डकी प्रदेशअन्तर्गत नवलपुर तनहुँसहित आसपासका जिल्लामा हावाहुरी आउन सक्नेछ। कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा हावाहुरीको जोखिम रहेको बताईएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही सहित आसपासका जिल्लामा हावाहुरीको जोखिम रहेको विभागले बताएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















