Spread the love

बुटवल, ११ जेठ ।
दुर्गम क्षेत्रका र आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरूलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यसहित धनुषा जिल्लाको धनौजी लालगड स्थित श्री आधारभुत विद्यालयमा शैक्षिक सामग्री तथा ट्रयाकसुट, कोशेली छाला जुत्ता वितरण गरिएको छ । मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई उक्त सहयोग वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई ६२ जोर ट्रयाकसुट, ६२ जोर जुत्ता, कपि कलम र अन्य आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको सचिव अजय पाण्डेले बताए । मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले विगत लामो समयदेखि देशका विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर, खाद्यान्न वितरण र शैक्षिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यसअघि पनि यी संस्थाहरूले प्राकृतिक विपत्तिमा परेकाहरूलाई राहत वितरण र विपन्न वर्गका बालबालिकालाई छात्रवृत्ति प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्