Spread the love

बुटवल, ११ जेठ ।
जेठ १३ देखि १६ गतेसम्म हेटौंडामा हुुने युथ ओपन बक्सिङ्ग प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बिदाई गरिएको छ । सोमबार बुटवलमा एक कार्यक्रम बिच रुपन्देही बक्सिङ्ग संघका अध्यक्ष राजु गुरुङले ६ जना खेलाडी तथा प्रशिक्षक, ब्यवस्थापकहरुलाई खादा ओढाएर शुभकामनासहित बिदाई गरेका हुन ।

प्रतियोगितामा भाग लिने खेलाडीहरुमा १९ वर्ष उमेरमा ५० के .जी. तौलका सागर खनाल, ५५ के.जी. तौलका ज्याक दर्लामी, ६५ के.जी. तौलमा अभिनव क्षेत्री तथा ७० के.जी. तौलका प्रबेश गहतराज रहेका छन । यसैगरि २२ वर्ष उमेर समुहमा ६० के.जी. तौलका हिमाल अर्याल र ६५ के.जी.तौलका बिवेक थापा रहेका छन । यसैगरि प्रशिक्षक प्रमोद श्रेष्ठ र ब्यवस्थापक नारायण खत्री रहेका छन ।

युवा खेलाडी उत्पादनमा अग्रसर रहेका संघलाई खेलस्थानको अभावका कारण खेलाडीहरुको प्रशिक्षणमा समस्या रहेको अध्यक्ष गुरुङले बताए । ‘युवा खेलाडी उत्पादन भैरहेको छ ।’– उनले भने । स्थानिय सरकारबाट आवश्यक सहयोगका लागि धेरै आग्रह गर्दा पनि सहयोग नमिलेको उनले दुखेसो गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्