बुटवल,११ जेठ । बुटवलमा रहेको गणपति मिष्ठान्न भण्डारले आफ्नो ब्राण्ड दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ । बुटवलमा करिव साढे दुई दशकदेखि व्यवसायिक यात्रा सुरु गरेका भण्डारका सञ्चालक राजेन्द्र गौतमले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी विभिन्न व्यवसायीहरुले आफ्नो ब्राण्ड दुरुपयोग गरेर बजारमा नकारात्मक सन्देश गएको बताएका छन् ।
पत्रकार सम्मेलनमा सञ्चालक गौतमले बुटवलको ट्राफिक चोक र बुटवल उपहानगरपालिका–१३ जितगढीमा गरी दुई ठाउँमा मात्रै पसल सञ्चालनमा रहेको बताएका छन् । उनले अन्य व्यक्तिहरुले समेत गणपतिको नाममा पसल सञ्चालनमा ल्याएको बताएका छन् ।
आफ्नो ब्राण्डको नक्कल गरेका कुनै पनि व्यवसायीहरुले हालसम्म आफूसँग अनुमती नलिएको बताउँदै उनले गणपतिको नाममा नक्कलीबाट सजग रहन ग्राहकहरुलाई आग्रह गरेका छन् । सञ्चालक गौतमले प्रतिलिपी अधिकार दुरुपयोग भएको गुनासोसहित बुटवल उपमहानगरको न्यायिक समितिमा उजुरी दिएपनि हालसम्म कुनै सुनुवाई नभएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय बुटवलमा दर्ता गरिएको पसलको लोगो तथा नाम अनुसार नै अन्य व्यवसायीहरुले नक्कल गरि प्रतिलिपी अधिकार २०५९ विपरित गरिएको उनले गुनासो गरेका छन् ।
भिडियो रिर्पोट




















