Spread the love

बुटवल, ११ जेठ ।
लोप हुन लागेको परम्परागत खेलको प्रवद्र्धन गर्ने र खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका बुटवलमा दोस्रो संस्करणको जिल्ला स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकोको संरक्षकत्वमा नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा जेठ १५ र १६ गते प्रतियोगिता हुने भएको हो ।

रामनगरस्थित रामनगर खेल मैदानमा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि महासंघका अध्यक्ष समुन्द्र श्रेष्ठले बताए । प्रतियोगिताको विजेता टिमलाई नगद ६० हजार ६६६ रुपैयाँ, द्वितीय टिमलाई नगद ३० हजार ३३३ रुपैयाँ र तृतीय टिमलाई नगद १५ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीमा ८ जना खेलाडी, १ जना रिभर्स प्लेयर, १ जना प्रशिक्षक र १ जना टिम म्यानेजर गरी जम्मा ११ जना सहभागी हुन पाउने आयोजक संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरोज क्षेत्रीले जानकारी दिए ।

यसैगरी एक टिमको कुल तौल बढीमा ६४० केजीभित्र हुनुपर्ने व्यवस्था गरिएको छ । खेलाडीहरूले आफ्नो पालिका खुल्ने विवरणसहित मैदानमा उपस्थित हुनुपर्ने र दर्ताका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने छ । 

प्रतियोगितामा १६ टिम बढीको सहभागिता रहने अनुमान गरिएको महासंघका सदस्य इप्पल भण्डारीले बताए । पहिलो संस्करणमा तिलोत्तमा फिटनेश सेन्टर विजयी भएको थियो ।

पत्रकार सम्मेलन/प्रत्यक्ष प्रसारण

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्