Spread the love

रुपन्देही, ७ जेठ ।
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नक्कली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ निवासी ३८ वर्षीय अब्दुल हमिद र लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना निवासी २२ वर्षीय बिक्की भन्ने अनिल पासीलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिएको कम्प्युटर सेट, प्रिन्टर, मोनिटर, कैँची, प्रिन्ट पेपर तथा छापिएका र छाप्न बाँकी अवस्थामा रहेका नक्कली नेपाली नोट बरामद गरेको जनाएको छ।

बरामद गरिएका सामग्रीमा एउटै नम्बर ‘ङ २५ ०२४९१२’ भएका पाँच सय दरका ३० थान नक्कली नेपाली नोट रहेका छन्। यस्तै १००, ५०० र १००० दरका काट्न बाँकी अवस्थामा रहेका ७ थान प्रिन्टेड नोट, एउटा सिपियु, एउटा प्रिन्टर, एउटा मोनिटर, चार रिम प्रिन्ट पेपर, दुई थान मोबाइल र एउटा कैँची समेत प्रहरीले बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्