Spread the love

भैरहवा, ८ जेठ ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिगको उपाधिका लागि लुम्बिनी खुकुरी क्लब र वेष्टर्न क्रिकेट क्लब बिच खेल हुने भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा खुकुरीले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई ९० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । वेष्टर्न बिहीबारको खेलमा विजयी हुँदै फाइनल पुगेको थियो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको लुम्बिनी खुकुरीले ४९.५ ओभरमा सबै बिकेट गुमाएर २ सय ५४ रनको बलियो योगफल तयार गरेको थियो । उसका लागि सन्दीप रजालीले ६९, शंकर रानाले ४७, निश्चल चौधरीले ४३, समीर अली मुसलमानले २४, शाह आलमले २३, सेजाद धोवीले १५ र सुजन रानाभाटले ११ रन जोडे । मेलवर्नका अशोक धामीले ४, दीपेश श्रेष्ठ र आरिफ अहमदले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको मेलवर्नले ३८.३ ओभरमा केवल १ सय ६४ रनमा समेटियो । उसका लागि विपिन आचार्यले ५८, अस्मान थारुले २४, दीपेश श्रेष्ठले १७, मनिष थापा र संजय थापाले १४–१४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ४, शाह आलमले २ विकेट लिए । खेलमा सन्दीप रजाली प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँबाट पुरस्कृत हुने खेल संयोजक प्रथम पराजुलीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्