Spread the love

भैरहवा, ६ जेठ ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिगमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लब विजयी भएको छ । लिग चरणको ‘ए’ डिभिजनको अन्तिम खेलमा बुधबार तिलोत्तमाले बुद्धलाई १ सय १० रनले पराजित गरेको हो । पराजित बुद्ध क्रिकेट क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपथ्य तिलोत्तमाले ४८.१ ओभरमा २ सय १७ रन बनायो । उसका लागि प्रतीक भट्टराईले ६२, लक्ष्मण कुमालले ३२, अमन बोहराले २७, मौसम ढकालले २३, कुशल ढकालले १८ र रोशन घिमिरेले ११ रनको योगदान गरे । बुद्धका दिलसाद अली र अमित अग्रहरीले ३–३ तथा हरिकेश मुराउले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुद्धले २१.१ ओभरमा केवल १ सय ७ रनमा समेटियो । उसलाई सस्तैमा रोक्न नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमालले ४, सन्दीप यादव र आशुतोष पाण्डेले समान २–२ विकेट लिए । बुद्धका अजय त्रिपाठीले ३६, प्रवेज अन्सारीले २०, हरिकेश मुराउले १२ र अमित अग्रहरीले १० रन बनाए । खेलमा लक्ष्मण कुमाल प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्