Spread the love

बुटवल, ६ जेठ ।

भारतीय खुला सीमाकै कारण रुपन्देही जिल्लामा लागूऔषध कारोबार र चोरी तस्करी नियन्त्रण प्रहरीलाई चुनौती रहेको देखिन्छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनमा पछिल्लो ४ महिनामा प्रहरीबाट भएका प्रगति विवरण सार्वजनिक गर्दै रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले प्रहरीको क्रियाशिलताकै कारण पछिल्लोसमय लागूऔषध र चोरी तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति भएको दाबी गरे ।

खुला सीमाका कारण जिल्लामा लागूऔषधको समस्या जटिल रहेको भन्दै यो अवधिमा १२९ जना प्रतिबादी पक्राउ गरि मुद्या दर्ता गरेको उनले बताए । अर्कोतर्फ भन्सार चोरी तस्करीमा ८ करोड ७४ लाख बढी रकम बराबरको अवैध सामानहरु पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको उनले बताए । सामुदायिक सेवासम्बन्धी सामुदायिक सचेतना कार्यक्रम अन्तरगत चेतना जगाउने, महिलाबालिका, साईबर अपराध, लागूऔषधका विषयमा साढे ३ सय बढी कार्यक्रममार्फत ९ हजार बढीलाई सचेतना जगाउन सफल भएको छ ।

यसैगरि प्रहरीले चार महिनाको अवधिमा अवैध नदीजन्य उत्खननमा संलग्न ३६ वटा टयाक्टर, ११ टिप्पर र ६ वटा जेसिभी गरि ५० बढी सवारी साधन र १७ जना मानिस पक्राउ गरेको छ । झण्डै २१६ जना विभिन्न मुद्याका फरार प्रतिवादीहरुलाई पक्राउ गरि कारागार पठाउन सफल भएको उनले बताए । जिल्लामा हत्याका सबैजसो घटनाको सफलतापूर्वक अनुसन्धान गरि अभियुक्त पक्राउ गरेको समेत उनले बताए ।

जिल्लामा १३ केजी गाजा, ८२ ग्राम बढी ब्राउन सुगरका साथै भारतबाट आउने औषधीजन्यसहित धेरै प्रकारका लागूऔषधसहित ९९ जना मानिस पक्राउ गरेको छ । सेवन गर्ने, कारोबार गर्ने ब्यक्तिमाथि निगरानी बढाउन विशेष टोली परिचालन गरिदै आएको छ । लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौको विशेष टोली समेत परिचालन हुदै आएको छ ।

जिल्ला र मातहत प्रहरीले लागूऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।
जिल्लामा वैदेशिक रोजगारमा ठगिनेहरुको संख्या पनि रहेको उनले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले समुदाय र प्रहरी बिचको समन्वयबारे कार्यक्रममा प्रकाश पारे ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्