Spread the love

बुटवल, २९ वैशाख ।
सोमबारदेखी बुटवलमा शुरु भएको रुपन्देही जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा ब्यवस्थापकिय समस्याबारे खेलाडी, प्रशिक्षकहरुले गुनासो गरेका छन । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहआयोजनामा जारी प्रतियोगिताको अब्यहारिक खेल तालिका र मापदण्ड नपुगेको स्थलमा खेल खेलाईएको गुनासो आएको हो ।

रुपन्देही जिल्लामा रहेका १६ पालिकाहरुमध्ये यसपटक प्रतियोगितामा केवल १० पालिकामात्र सहभागी हुनुले पनि ब्यवस्थापकिय कमजोरी पुष्टि गर्छ । देविनगरस्थित एन्फा एकेडेमीमा औपचारिक कार्यक्रम गरिएको प्रतियोगिताको दीप बोर्डिङ स्कुल, नबिन औद्योगिक माबि, जिल्ला खेलकुद परिसर, न्यू होराईजन स्कुल लगायतमा खेल खेलाईएका छन ।

केही खेलमा सहभागी हुन आएका खेलाडीहरु प्रतियोगितामा भाग लिन बन्चित हुनुपरेको दुखेसो गरे । राष्ट्रिय खेल भलिबलमा केवल ४ पालिकामात्र सहभागी हुनु दुखद भएको एक प्रशिक्षकको गुनासो गरे । एउटा खेलाडी एउटा खेलमा मात्र सहभागी हुने प्रावधान राखिएको प्रतियोगितामा त्यस विपरित खेलाडी भाग लिएको प्रमाण समेत रहेको एक प्रशिक्षकले खस्यौली खबरलाई बताए । ‘म यो प्रमाण सहि ठाउमा बुझाउछु ।’– उनले भने ।

रुपन्देही जिल्लाका सबै पालिकाहरुलाई सम्बोधन हुने गरि तालिका तयार नभएको तथा विभिन्न सात स्थानमा खेल खेलाउदा टिम ब्यवस्थापनमा गर्न समेत कठिनाई देखिएको छ । यता यसबारे बुझदा कार्यालय सचिव चन्द्रकान्त आचार्यले सबै सरोकारवालाहरु बिच छलफल र तयारी गरि प्रतियोगिता भएको बताए ।

प्रतियोगितामा रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, शुद्धोधन, कञ्चन, मायादेवी र सियारी गाउँपालिका ६९० जना छात्र र ६९० जना छात्रा गरि कुल १३८० जना खेलाडीहरुले विभिन्न विधामा सहभागिता जनाएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्