Spread the love

बुटवल, २७ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो संस्करणको उपमेयर कप महिला फुटबल प्रतियोगितामा अभिषेक चर्च नवलपुर विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । बीस पचहत्तर युवा परिवारको आयोजनामा आईतबार भएको खेलमा अभिषेकले बिसपचहत्तर युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

सिद्धेश्वर खेलमैदानमा भएको खेलको ३३ औ मिनेटमा अभिषेक चर्चका अनिता रानामगरले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ४८ औ मिनेटमा रेखा विष्टले अन्तरलाई दोब्बर गरिन । खेलको ५७ औ मिनेटमा अनिता रानामगरले तेस्रो गोल गरिन भने खेलको ६३ औ मिनेटमा रेखा विष्टले चौथो गोल गरिन । खेलमा अभिषेक चर्चकी अनिता रानामगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । सोमबार नेपाल पुलिस क्लब काठमाण्डौ र हेटौडा फुटबल एकेडेमी मकवानपुर बिचमा खेल हुने छ ।

दोस्रो संस्करणमा पुरस्कार राशी बृद्धि गरेर प्रथम पुरस्कार २ लाख ५० हजार, दोस्रो पुरस्कार १ लाख २५ हजार, सर्वोकृष्ठ खेलाडीलाई २५ हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ठ खेलाडीलाई १०÷१० हजार पुरस्कार रहेको परिवारका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

जेष्ठ २ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राईजिङ स्टार क्लब कपिलबस्तु, पद्मा स्र्पोटस क्लब ओखलढुगा, आर एस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, मकवानपुर फुटबल एकेडेमी हेटौडा तथा आयोजक बिस पचहत्तर युवा क्लब गरि ८ टिमले प्रतिस्प्रर्धा गर्ने सचिव दीपक गुरुङले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्