Spread the love

बुटवल, २५ वैशाख ।
विगत तीन वर्षदेखि बुटवल उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको “जेष्ठ नागरिक बुबा–आमा नगरप्रमुख स्वास्थ्य परीक्षण कार्यक्रम” प्रभावकारी बन्दै गएको छ । कार्यक्रममार्फत ६० वर्ष उमेर पूरा गरेका जेष्ठ नागरिकहरूले आफ्नै वडामा पुगेर स्वास्थ्य सेवा लिएका छन् ।

उपमहानगरपालिका र लुम्विनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला को सहकार्यमा ल्याब परीक्षण सेवा सञ्चालन गरिएको छ । उपमहानगरपालिकाले विशेष स्वास्थ्य प्याकेज तयार गरी जेष्ठ नागरिकहरूको विभिन्न ल्याब परीक्षण गर्दै आएको छ ।
कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरूले आफनै वार्डमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव प्राप्त गरेका छन् ।

उपमहानगरपालिकाले एकातर्फ जेष्ठ नागरिकलाई आफ्नै वडामै सहज स्वास्थ्य सेवा उपलब्ध गराएको छ भने अर्कोतर्फ नगरवासी बुबाआमाप्रति अभिभावकत्वको जिम्मेवारीसमेत निर्वाह गरेको छ ।

नगरपालिकाले जि–टु–जि सम्झौतामार्फत कार्यक्रमलाई निरन्तरता दिदै वैशाखको १५ गते ल्याव परिक्षण र वैशाखको १७ गतेबाट स्वास्थ्य परिक्षण तथा परामर्श दिएको थियो । सो सेवाबाट करिब १ हजार ८ सय जनाले ल्याब परीक्षण सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ ।

भिडियो रिर्पोट

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्