Spread the love

बुटवल,२३ वैशाख । भूमिहीन सुकुम्बासी र अव्यवस्थित संघर्ष समिति रुपन्देहीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बुटवलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत संघर्ष समितिले सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि जनाउँदै आवश्यक तयारी र संवादबिना सुकुम्बासीलाई विस्थापित गर्न खोजिएको आरोप लगाउदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

आन्दोलन अन्तर्गत वैशाख २४ गते बिहीबार बुटवलमा बृहत् विरोध प्रदर्शन गरिने समितिका संयोजक खगेन्द्र पौडेलले बताए । पौडेलका अनुसार प्रदर्शनका क्रममा राजमार्ग चौराहाबाट सुरु हुने र्याली मिलनचोक–अस्पताल लाइन हुँदै ट्राफिक चोक पुगेर कोणसभामा परिणत हुने र जिल्लाका स्थानीय तह तथा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको संयोजक पौडेलले बताए । उ

उनीहरुले सरकारसँग आफूहरू करको दायरामा आउन तयार रहेको उल्लेख गर्दै उचित विकल्पबिना हटाउन खोजिए आन्दोलन थप चर्काउने चेतावनी दिए । प्रदर्शनमा बुटवलसहित देवदह, तिलोत्तमा, सियारी र शुद्धोधनलगायत क्षेत्रबाट २० हजारभन्दा बढी सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सहभागी हुने समितिले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्