Spread the love

बुटवल, २२ वैशाख ।

बुटवलमा सम्पन्न दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि देवदह ब्याईज देवदहले उचालेको छ । रामनगर खेलमैदान भएको फाईनलमा सुनवल एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै देवदहले उपाधि चुमेको हो ।

चैतमा सम्पन्न सौभाग्य कप उपाधि चुमेको देवदह ब्वाइजले यो सिजनको दोस्रो कप उचालेको हो । उपाधिसंगै देवदह नगद ३ लाख १ हजार १११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सुनवल भने नगद १ लाख ५१ हजार १११ राशीसहित कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

यसैगरि प्रतियोगितामा देवदहका सुजित चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद २० हजार १११ पुरस्कार, कपबाट पुरस्कृत भए । प्रतियोगितामा लखनका निशान न्यौपाने सर्वाधिक गोलकर्ता, देवदहका बिशाल केसी उत्कृष्ट गोल रक्षक, सुनवलका आशिष गुरुङ उत्कृष्ट डिफेन्डर तथा देवदहका निर बहादुर थापा उत्कृष्ट मिड फिल्डर घोषित हुर्दै जनही नगद १० हजार १११ रुपैयाँ, कपबाट पुरस्कृत भए ।

निक्कै प्रतिस्प्रधात्मक खेलको दोस्रो मिनेटमा सुनवलका आवेश शाहीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर त्यो धेरै बेर टिक्न सकेन । खेलको १० मिनेटमा देवदहको मिलन आले बराबरी गोल गरे । खेलको ४० मिनेटमा देवदहका लागि सुजित बुढाथोकीले गोल गरे । दोस्रो हाफमा देवदहबाट सुरज चौधरीले अग्रता थपे । सुनवलका आशिष गुरुङले ३५ औ मिनेटमा दोस्रो गोल गर्दै खेलमा फर्कन प्रयास गरे पनि सुनवल असफल भयो । खेलमा सुजित बुढाथोकी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि फाईनल अघि भएको मैत्रीपूर्ण खेलमा सुख्खानगर आमा समुहले रामनगर आमा समुहलाई पराजित गरेको छ ।
एक समारोहका बिच नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, क्लबमा अध्यक्ष सुदिप खत्री, संयोजक राम बहादुर थापा, सचिव निरन्जन पन्तले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । बैशाख ११ गतेदेखि हुने दोश्रो लखन कप नकआउट फुटबल प्रतियोगितामा १२ टिमले भाग लिएका थिए ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्