Spread the love

बुटवल, २२ वैशाख ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले आफूलाई सरकारले पदमुक्त गरेको भनाइप्रति आपत्ति जनाएका छन् । उनले आफूले यसअघि नै पदबाट राजीनामा दिइसकेको स्पष्ट पारेका छन् ।

आचार्यका अनुसार उनले २०८२ चैत १८ गते नै युवा तथा खेलकुद मन्त्रालयको आधिकारिक इमेलमार्फत तथा मन्त्रीको व्हाट्सएपमा राजीनामा पत्र पठाइसकेका थिए । “मैले पहिले नै राजीनामा दिइसकेको अवस्थामा अहिले आएर पदमुक्त गरिएको भनिनु तथ्यसँग मेल खाँदैन,” उनले बताएका छन् ।

उनले सरकारले सार्वजनिक गरेको सूचनालाई भ्रामक भन्दै आपत्ति जनाएका छन् । “सरकारले यस्तो किसिमको अनधिकृत पत्राचार गर्दै समाचार सम्प्रेषण हुने वातावरण सिर्जना गर्नु नागरिकप्रति जिम्मेवार र जवाफदेही नभएको संकेत हो ।,” आचार्यको भनाइ छ ।

आचार्यले यस्ता गतिविधिले भ्रम सिर्जना गर्ने र सत्ता टिकाउने खेलतर्फ सरकार उन्मुख भएको आरोप समेत लगाएका छन् । “यस्ता घटनाले सरकारको कार्यशैलीबारे गम्भीर प्रश्न उठाउँछ,” उनले भने । युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरू पदमुक्त गरिएको जनाएको थियो, जसमा आचार्यको नाम पनि समावेश गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्