बुटवल,२३ वैशाख । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको पुल मंगलबार दिउँसो भासिएको छ । निर्माणाधीन सडक खण्डमा रहेको पुल भासिँदा सवारी आवागमन प्रभावित भएको हो ।
पुल भासिएपछि सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । विकल्पका रूपमा सैनामैना(४ स्थित लुम्बिनी रोडको कुश्मा हुँदै बक्सडाँडा भएर अगाडि कलौनी जोड्ने करिब ३ किलोमिटर लामो डाइभर्सन तयार गरिएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाने सवारीहरू बुटवल(भैरहवा(लुम्बिनी(तौलिहवा हुँदै गोरुसिंगे निस्कने गरेका छन् भने पश्चिमबाट पूर्वतर्फ आउने सवारीहरू गोरुसिंगे(तौलिहवा(लुम्बिनी(भैरहवा हुँदै आवागमन गरिरहेका छन् । पुल मर्मत हुन ३ दिनदेखि एक सातासम्म लाग्न सक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















