Spread the love

बुटवल, २१ वैशाख ।

तिनाउ गाउँपालिकाको आयोजनामा सातौँ अध्यक्ष कप वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगिताको पुरुषतर्फ तिनाउ–५ च्याम्पियन, महिलामा तिनाउ–६ विजेता रन सफल भयो । तिनाउ–५ ले लगातार तेस्रो पटक उपाधि जित्दै रनिङ शिल्ड समेत आफ्नो नाममा पार्न सफल भएको छ ।

दोभानस्थित खेलमैदानमा भएको पुरुषतर्फको फाइनल खेलमा तिनाउ–५ ले तिनाउ–४ लाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । प्रतियोगितामा तिनाउ–६ तृतीय र तिनाउ–१ सान्त्वना स्थान हासिल गरेको थियो । पुरुष विजेता तिनाउ–५ ले रु ९३,३३३, उपविजेता तिनाउ–४ ले रु ५३,३३३, तृतीय तिनाउ–६ ले रु ३३,३३३ र सान्त्वना तिनाउ–१ ले रु १३,३३३ प्राप्त गरे ।

महिलातर्फ तिनाउ–६ ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा तिनाउ–४ उपविजेता रहदा तिनाउ–५ तेस्रो र तिनाउ–१ सान्त्वना स्थानमा रहे । महिलातर्फ विजेता तिनाउ–६ ले रु ४०,०००, दोस्रो तिनाउ–४ ले रु २६,६६६, तेस्रो तिनाउ–५ ले रु १३,३३३ र सान्त्वना तिनाउ–१ ले रु ६,६६६ प्राप्त गरेका छन्। विजेताहरूलाई नगदसहित ट्रफी र मेडल प्रदान गरिएको थियो । वैशाख १८ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटै वडाबाट ६ महिला र ६ पुरुष गरी कुल १२ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, तिनाउ युवा समन्वय समितिका अध्यक्ष तथा वडा नं. ३ का अध्यक्ष चित्रबहादुर थापाले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्