Spread the love

बुटवल, २१ बैशाख ।
खेलकुद गतिविधि निरन्तर हुने बुटवलमा फेरी अर्को फुटबलको तयारी तिब्र भैरहेको छ । बैशाख २६ गतेबाट रुपन्देहीमा हुने दोस्रो सस्करणको राष्ट्रिय महिला फुटवल प्रतियोगिताको तयारीमा आयोजक खटिएका छन । बीस पचहत्तर युवा परिवारको आयोजनामा सिद्धेश्वर खेलमैदानमा हुने प्रतियोगिताको टिम दर्ता, मैदान मर्मत लगायतका सबै तयारी पुरा भएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि परिवारका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

‘पहिलो संस्करणको प्रतियोगिता भब्य रुपमा सम्पन्न भयो अब यसको तयारी अन्तिम चरणमा छ ।’– उनले भने । दोस्रो संस्करणमा पुरस्कार राशी बृद्धि गरेर प्रथम पुरस्कार २ लाख ५० हजार, दोस्रो पुरस्कार १ लाख २५ हजार, सर्वोकृष्ठ खेलाडीलाई २५ हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ठ खेलाडीलाई १०/१० हजार पुरस्कार राखिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष पदमराज गाहाले स्थानिय सरकार खेलकुदको विकास सधै साथमा रहेको प्रतिवद्धता जनाए । खेलाडीलाई ब्यवसायीक बनाउने गरि शुरु भएको यो अभियाना साथ दिने समेत बताए ।

प्रतियोगितामा यस वर्ष पनि दर्शकलाई सहजताका लागि करिब ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट व्यवस्था गरिने परिवारका सचिव दिपक गुरुङले बताए । दोस्रो संस्करणलाई अझ भव्य बनाउने गरि तयारीमा आफुहरु लागेको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न २७ लाख ८५ हजार रुपैया खर्च हुने अनुमान रहेको उनले बताए ।

बैशाख २६ गतेदेखि जेष्ठ २ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राईजिङ स्टार क्लब, कपिलबस्तु, पद्मा स्र्पोटस क्लब ओखलढुगा, आर एस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, मकवानपुर फुटबल एकेडेमी हेटौडा तथा आयोजक बिस पचहत्तर युवा क्लब गरि ८ टिमले प्रतिस्प्रर्धा गर्नेछन ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्