Spread the love

बुटवल, १८ वैशाख ।

भिजन लुम्बिनी लिमिटेडद्वारा प्रबद्र्धित नमः बुद्ध हाइड्रोपावर प्रा.लि.ले तिनाउ खोलामा ३.४४ मेगावाटको बिजुली निकाल्ने घोषणा गरेको छ । भिजन लुम्बिनीले बुटवलमा पत्रकार सम्मेलन गर्दै पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा सो जलविद्युत परियोजना सञ्चालनको तयारी भएको जानकारी दिएको हो ।

करिब ७० करोड लागत अनुमान रहेको सो आयोजना १५ महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने र राष्ट्रिय प्रसारणमा जोड्नका लागि सम्पूर्ण तयारी पुरा भएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । आयोजनामा लगानीका लागि लुम्बिनी विकास बैंकसँग सम्झौता गरी स्रोत सुनिश्चितता भइसकेको अध्यक्ष पोखरेलले बताए । सामूहिक लगानी नै समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना निर्माण अघि बढेको बताउदै अध्यक्ष पोखरेलले आयोजनामा लगानी गर्न बुटवलबासीलाई आग्रह पनि गरे ।

जलविद्युत परियोजनाको प्राविधिक पक्ष वातावरणीय तथा पर्यावरणीय मुल्यांकन लगाएत प्रारम्भिक चरणको काम सकिएको छ । यसअघि भिजन लुम्बिनीको संयोजन र ब्यबस्थापनमा कास्कीमा २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । १० वर्षअघि १० करोड पुँजी संकलन गरी यात्रा सुरु गरेको भिजन लुम्बिनीले अहिले १२ वटा ठूला प्रोजेक्टमा लगानी गरी काम सुरु गरेको छ । निकट भविष्यमा १ अनुपात ४ को हकप्रद शेयर निस्कासन गर्ने आवश्यक तयारी पनि गरेको छ । यसपछि सर्वसाधारण लगानीकर्ताका लागि आईपिओमा पनि जाने तयारी भइरहेको अध्यक्ष पोखरेलले बताए ।

कुल ५१ करोड पुँजी रहेको भिजन लुम्बिनी लिमिटेडका सञ्चालक राजीव गौतमले पश्चिम नेपालको महाकाली र कर्णालीमा पनि ठूला जलविद्युत आयोजनाहरु निर्माण गर्न काम अघि बढाउने प्रक्रियामा रहेको बताए । भिजन लुम्बिनीले अहिले देशका विभिन्न ठाउँमा हाइड्रो, फाईनान्स, हस्पिटालिटी र सुचना प्रविधि लगायतका विभिन्न क्षेत्रमा लगानी गरिरहेको उनले बताए ।
कार्यक्रममा लगानीकर्ताकातर्फबाट कुलबहादुर केसी, अनुपमान सैंजु लगायतले भिजन लुम्बिनीलाई भिजन नेपाल बनाउनुपर्ने कुरामा जोड दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्