बुटवल, १८ वैशाख ।
शान्तिका अग्रदूत गौतम बुद्ध को जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग परेको पवित्र दिन २५७० औँ बुद्ध जयन्तीको पावन अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित भव्य समारोहमा रुद्र गणले स्वयंसेवकका रूपमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ । कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन रुद्र गणका सदस्यहरू व्यवस्थापन, भीड नियन्त्रण, आगन्तुकलाई सहजीकरण तथा आवश्यक समन्वयमा सक्रिय रूपमा खटिएका थिए ।
ठूलो संख्यामा श्रद्धालु तथा पर्यटकको उपस्थितिका बाबजुद कार्यक्रम अनुशासित ढंगले सञ्चालन गर्न स्वयंसेवक टोलीको योगदान महत्वपूर्ण रहेको थियो ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण बुद्ध जयन्ती समारोहमा रुद्र गणका डेढ दर्जन युवाहरु सक्रिय रुपमा सेवाभावमा खटिएका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















