बुटवल, १८ वैशाख ।
न्यु होराइजन ईगलिस बोर्डिङ स्कुलको प्राचार्यमा बासुदेव अर्याल नियुक्त भएका छन । एक समारोहका बिच अर्याललाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठ, पूर्व प्राचार्य लोकनाथ उपाध्याय, बालकृष्ण भण्डारीले पदस्थापना गर्दै शुभकामना दिए । उनको नियुक्तिसँगै विद्यालयको शैक्षिक गुणस्तर अझ सुदृढ हुने विश्वास गरिएको छ ।
नवनियुक्त प्राचार्य अर्याललाई शैक्षिक क्षेत्रमा लामो अनुभव र नेतृत्व क्षमताका लागि चिनिने गरिन्छ । उनको आगमनसंगै विद्यालयमा नयाँ ऊर्जा र नविन सोचको विकास हुने अपेक्षा गरिएको छ ।
सो अवसरमा पूर्व प्रिन्सिपल लोकनाथ उपाध्यायको उत्कृष्ट नेतृत्वको उच्च प्रशंसा गरिएको छ । उनको कार्यकालमा विद्यालयले विभिन्न शैक्षिक तथा प्रशासनिक उपलब्धिहरू हासिल गरेको बताइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















