Spread the love

बुटवल, १८ वैशाख ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेल १२ रुपैयाँले घटाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको छ । हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले बढेको छ भने हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोमिटर अमेरिकी डलर ४६ ले बढेको निगमले जनाएको छ । त्यसैगरी हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकेभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ ।

यसैगरि खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५० रुपैयाँका दरले बढेको छ । यसअनुसार पेट्रोल प्रतिलिटर २१७ रुपैयाँमा झरेको छ भने डिजेल–मट्टितेल पनि प्रतिलिटर २२५ रुपैयाँमा झरेको छ । त्यसैगरी अब उपभोक्ताले ग्यास प्रतिसिलिन्डर १४.२ किलोग्रामको २ हजार १६० रुपैयाँ र ७.१ किलोग्रामको १ हजार ८० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर २६९ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा १ हजार ८३१ अमेरिकी डलर मूल्य तोकिएको छ । निगमले पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेको जनाउँदै सोही कारण पछिल्लो समय मूल्य समायोजन हुन नसकेको उल्लेख गरेको छ ।

निगमलाई इन्डियन आयल कर्पोरेसनबाट बिहीबार नयाँ खरिद मूल्यसूची प्राप्त भएको थियो । सोसँगै निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरेको हो । निगमका अनुसार यो खुद्रा बिक्री मूल्य समायोजनले पनि पाक्षिक रुपमा १ अर्ब ८१ करोड अझै घाटा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्