Spread the love

भैरहवा, १० बैशाख ।
भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ प्रतियोगितामा तिरुपति क्रिकेट क्लब र नेपथ्य तिलोत्तमा क्रिकेट क्लब विजयी भएका छन् । बिहीबार भएको खेलमा तिरुपतिले रेस्पोन्स टीम लुम्बिनीलाई ३ तथा नेपथ्यले न्यु फ्रेन्ड क्रिकेट क्लब, कुलहीलाई ९ विकेटले पराजित गरेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको रेस्पोन्सले ८ विकेट गुमाएर १ सय ७० रन बनायो । जसमा जावेद खानले ७४, रामजन अलीले २९, जयप्रताप यादवले १६ र गोविन्द चौधरीले अविजित १४ रन बनाए । तिरुपतिका नरेन साउदले ३ ले विकेट लिए । जवाफी ब्याटिङ गरेको तिरुपतिले १९ ओभर २ बलमा ७ विकेटको नोक्सानीमा जित निकाल्यो । उसको जितमा इमरान शेखले ७१, आकाश त्रिपाठीले अविजित ५१, तुलबहादुर थापाले ११ र नरेन साउदले १० रन बनाए । रेस्पोन्सका एजाज खान र समिम कुमारले २–२ विकेट लिए । खेलमा इमरान शेख प्लेयर अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको न्यु फ्रेन्डले १६.१ ओभरमा केवल ८५ रनमा समेटियो । न्यु फ्रेन्डका सफिकुर रहमानले ३८ र मानस सिंहले २४ रन बनाए । उसलाई सस्तैमा रोक्न नेपथ्यका सागर भण्डारीले ३, प्रविण ढकाल र आशुतोष पाण्डेले २–२ विकेट लिए । कम स्कोरलाई नेपथ्यले १२.३ ओभरमा १ विकेटको नोक्सानीमा जित निकाल्यो । उसको जितमा सन्दीप यादवले नटआउट ४५, प्रतीक भट्टराईले १९ र रोशन घिमिरेले अविजित १३ रनको योगदान गरे । बलिङमा न्यु फ्रेन्डका अतिउल्लाह खानले १ विकेट लिए । खेलमा सागर भण्डारी प्लेयर अफ द म्याच भए ।

लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता छ । यही बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए । साथै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्