Spread the love

बुटवल, १० वैशाख ।
एथ्लेटिक्स खेलमा नया जनशक्ति तैयार गर्ने उदेश्यका साथ रुपन्देहीमा अफिसियल ट्रेनिङ हुने भएको छ । रुपन्देही एथ्लेटिक्स संघको आयोजनामा वैशाखको १७ देखी १९ गतेसम्म ३ दिने अफिसियल ट्रेनिङ गर्न लागेको हो ।

कुनै बेला राष्ट्रिय खेलकुद परिषदले प्रशिक्षक तालिमका लागि भारतको पटियाला पठाएर स्मरण गर्ने एथ्लेटिक्सका पूर्व वरिष्ठ प्रशिक्षक मोहन घलेले बताए । ‘राखेपमा नै अब ८/९ जनामात्र प्रशिक्षकहरुमात्र छन ।’–उनले भने । नेपालमा अहिले हरेक खेलका प्रशिक्षक रिटायर्ड हुदैछ । नया उत्पादनमा सरकारको लगानी नहुदा प्रशिक्षक बिहिन हुन पुग्ने अवस्था आएको उनले दुखेसो गरे । यस्तोमा रुपन्देहीबाट यो प्रशिक्षण दिएर नया शुरुवात गर्न लागेको उनले बताए ।

तालिममा सहभागीहरुलाई एथ्लेटिक्समा हुने २६ वटा इभेन्टहरुका बारेमा विस्तृत जानकारी र हरेकको बारेमा कसरी खेलाउने भन्ने ज्ञान दिइने उनले बताए । तीन दिने कार्यक्रममा लुम्बिनी प्रदेशका ६ जिल्लामा रहेका विभिन्न विद्यालय, एथ्लेटिक्स खेलमा रुचि भएकोहरु सहभागी गराईने उनले बताए ।

भिडियो सामग्री

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्