Spread the love

बुटवल, ९ वैशाख ।

नेपाल मेडिकल काउन्सिलले बुटवलमा एक गर्भवती महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । विवाद चुलिदै गएपछि बुधबार पत्रमार्फत गीता पाण्डेको मृत्यु सम्बन्धी घटनालाई गम्भीरतापूर्वक लिएको जनाउदै डा. सम्राट पराजुली संयोजकमा ६ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. पदमराज पन्त, डा. राजेन्द्र बश्याल, डा. अनुप पन्थी, कानुनविद् गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधिका रुपमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे रहेका छन । उक्त घटनाबारे विभिन्न सञ्चार माध्यम र उजुरीमार्फत जानकारी आएपछि सत्यतथ्य पत्ता लगाउन समिति बनाइएको रजिष्ट्रार डा. सतिस कुमार देवले सार्वजनिक गरेको पत्रमा उल्लेख गरिएको छ ।

काउन्सिलले सम्बन्धित स्वास्थ्य संस्थामा स्थलगत अनुगमन गरी घटनाको विस्तृत छानबिन गर्न र स्थानीय प्रशासन तथा नेपाल प्रहरीसँग समन्वय गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । यस घटनाले स्वास्थ्य सेवा प्रणालीको गुणस्तर र जिम्मेवारीबारे प्रश्न उठाएको भन्दै काउन्सिलले सत्यतथ्य बाहिर ल्याउन आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्