Spread the love

बुटवल,१० वैशाख । लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा योजना छनोटका लागि स्पष्ट प्राथमिकता निर्धारण गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्य ले अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता रहने र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताए ।

उनले प्रदेशको वास्तविक आर्थिक अवस्था भन्दा एक रुपैयाँ पनि बढी बजेट नबनाउने प्रतिबद्धता दोहो¥याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिए । हाल करिब ६ अर्ब हाराहारीमा रहेको राजश्वलाई आगामी आर्थिक वर्षमा साढे ६ अर्बसम्म पु¥याउने प्रक्षेपण गरिएको जानकारी दिए ।

आगामी बर्षको बजेट यथार्थ अवस्थामा टेकेर निर्माण गर्ने र विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गरे । संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र तीनै तहका सरकार स्वतन्त्र रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

लुम्बिनी प्रदेशले विगतको तुलनामा राजश्व संकलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उनले बागमती प्रदेशपछि राजश्व संकलनमा लुम्बिनी अग्रस्थानमा रहेको बताए । कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की को अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्