Spread the love

बुटवल, १० वैशाख ।
तिलोत्तमाको जानकीनगरस्थित सुन्दर मोटरसाइकल वर्कसपमा ३ दिने निशुल्क मोटरसाईकल सर्भिस क्याम्प चलाईएको छ । नेपाल लुव आयल तथा न्यु भैरव लुब्रिकेसनको संयुक्त आयोजनामा विहिबारदेखी तीन दिने दुई पाग्रे सवारीको निःशुल्क सर्भिस क्याम्प सञ्चालन भएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाल लुब आयलका सन्तोष न्यौपानेले सामाजिक उत्तरदायित्वमा समेत आफुहरु प्रतिवद्धता जनाउने गरि अभियान थालेको बताए । यसैबिच सडक सुरक्षामा खट्ने १० जना ट्राफिक प्रहरीहरूलाई निःशुल्क रूपमा गल्फ ब्रान्डको इन्जिन आयलसहित मोटरसाइकल सर्भिस सेवा दिईएको थियो ।

कार्यक्रममा न्यु भैरव लुब्रीकेसनका संचालक कृष्ण भुर्तेलले नवीनतम प्रविधि, उत्कृष्ट गुणस्तर तथा प्रभावकारी सेवा प्रदान गर्दै लुब्रिकेशन क्षेत्रमा नवीनता ल्याउने गरि आफुहरु लागेको बताए । बजारका आवश्यकताहरूलाई ध्यानमा राख्दै ग्राहकहरुको मागलाई ध्यानमा राखेर थप सेवा दिदै जाने उनले बताए । क्याम्प वैशाख १२ गतेसम्म चल्नेछ ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्