Spread the love

काठमाडौं, ९ वैशाख ।

हरेक वर्ष अप्रिल २२ मा मनाइने विश्व पृथ्वी दिवस आज नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । “पृथ्वी केवल हाम्रो मात्र होइन, आगामी पुस्ताको पनि साझा सम्पत्ति हो,” भन्ने सन्देशका साथ यो दिवस मनाईदै छ । वातावरण संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो उपयोग तथा पृथ्वीको सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष पनि विभिन्न संघसंस्था, विद्यालय तथा स्थानीय तहहरूले वृक्षरोपण, सरसफाइ अभियान, सचेतनामूलक ¥याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् । वातावरणविद्हरूले पृथ्वीको संरक्षणका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको बताएका छन् ।

उनीहरूले रुख रोप्ने, प्लास्टिकको प्रयोग घटाउने, पानी तथा ऊर्जाको बचत गर्ने जस्ता साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्ने बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्