Spread the love

भैरहवा — जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट करिब १७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार वैशाख ६, ७ र ८ गते जिल्लाका विभिन्न नाकाहरू तथा स्थानहरूमा गरिएको चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका अन्दाजी रु. १६,७८,१५५ बराबरका सामान नियन्त्रणमा लिइएको हो । बरामद गरिएका सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाइन कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बुटवल उपमहानगरपालिका–११ कालिकानगरबाट करिब ८ लाख ४० हजार रुपैयाँ बराबरका विभिन्न सामग्रीसहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडेरियाबाट स्टिलका भाँडाकुँडा, कपडा, भाँडावर्तन लगायतका सामान बरामद गरिएको छ ।

सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरबाट लत्ताकपडा तथा विभिन्न सामग्री, बेलहिया बसपार्क क्षेत्रबाट लेडिज सूट र बोइलर कुखुरा, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट केरालगायत कृषि उपज, ओमसतिया गाउँपालिका–६ पकडिहवाबाट मोटरसाइकलसहित केरा तथा रोहिणी गाउँपालिका–१ बैनिपुरबाट बोइलर कुखुरा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध कारोबार नियन्त्रणमा कडाइ गर्दै चेकजाँचलाई थप सशक्त बनाइएको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्