Spread the love

बुटवल , ९ बैशाख । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतम नियुक्त भएका छन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले डा गौतमलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकबाट अन्तरिम व्यवस्थाका रूपमा डा. गौतमलाई मेसुको जिम्मेवारी दिइएको स्वास्थ्यमन्त्री खेम सारुले जानकारी दिए । अस्पतालको व्यवस्थापन सुदृढ बनाउने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले निर्णय गरिएको जनाइएको छ ।

डा. गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस (जहेस) समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन । लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका डा गौतम अनुभवका आधारमा मेसुको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

यस क्षेत्रकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले उपचार सेवा लिने गरेका छन् । नयाँ नेतृत्वसँगै अस्पतालको सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्