बुटवल, ८ बैशाख ।
सवारी साधनको सुरक्षा र पार्किङ समस्या समाधान दिने एटिएस एपको औपचारिक शुरुवात भएको छ । डेढ वर्षको परिक्षण पछि यो ब्यवसायिक रुपमा शुरुवात गरिएको हो । एटिएस भेहिकल एसिस्ट प्रालिले विकास गरेको एटिएस एप भिईकल सेफ्टी र पाकिङको समस्या समाधानका लागि उपयोगी हुने संस्थापक विजय कंडेलले बताए ।
मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि यो एप अब ब्यवसायिक रुपमा ल्याएको जानकारी दिए । ‘एप धेरै उपयोगी छ ।’–उनले भने । डेढ वर्ष स्टार्टअपमा धेरै खर्च भएको भन्दै सामाजिक संजालमार्फत हुदै अब बिस्तार ब्यवसायिक संघसंस्थाहरुमा जनचेतना फैलाउने लाग्ने उनले बताए । भारतमा लामो अध्ययन गरेको कंडेल बिसं २०८० साउनमा यो स्टार्टअप शुरु गरेका हुन । देशभरका ५ हजार बढी सेवाग्राही रहेको यो एपको अबको एक वर्षमा ४५ हजार प्रयोगकर्ता पुर्याउने लक्ष्य रहेको उनले बताए ।
‘माई रोड, माई रेस्पोन्सिबिली’ नारा दिएर अघि बढेको छ । जहा लाईभ एक्सिडेन्ट भएको फोटो अपलोड गरे त्यो सहयोगका लागि एम्बुलेन्स सेवा दिनेछ । अहिले पार्किङ बुकिङको सेवा नभएको भएपनि आगामी वर्षमा पार्किङ ब्यवस्थापन दिने योजना रहेको उनले बताए ।
कार्यक्रममा सल्लाहकार राजु पाण्डेले यसमा क्यु आर आधारित दुर्घटना चेतावनी प्रणाली, सवारी साधन बिग्रिएको समय, सर्भिसिङ अलर्ट, स्पेयर पार्टस लगायत मद्यत मिल्ने बताए । न्यून शुल्कमा यो सेवा लिन सकिने उनको दाबी छ । ‘चारपाग्रे ८ सय र दुई पाग्रेको ५ सय रुपैया वार्षिक शुल्क लाग्छ ।’– उनले भने । नेपाल टेलिकमसंग समन्वयमा गरिएको र सरल सुचना प्रदान हुने बताए । एक पटक सदस्य भएपछि नबिकरण वापत ३६५ रुपैयामात्र लाग्छ ।
कार्यक्रममा संचालक राजन पाठकले युवाहरुको स्टार्टअप धेरै प्रभावकारी समेत देखिएको बताए । एपिआईमार्पmत प्राईभेसी म्यान्टेन्ट गर्ने उनको दाबी छ । ट्राफिक ब्यवस्थापनको लागि समेत सहकार्य हुने देखिएको उनले बताए ।



















