काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट रहनेछन् भने सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल रहेका छन् ।
मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिइएको बताए ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा मतदाता नामावली ऐन, २०७३ संशोधनसम्बन्धी विधेयकहरू पनि संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।
यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लिराज आचार्य (प्युठान) लाई नियुक्त गर्ने तथा सदस्यमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई मनोनयन गर्ने निर्णयसमेत भएको छ ।





















