Spread the love

बुटवल, ७ बैशाख ।
बि.सं. १८७२ साल बैशाख ७ गते बुटवलमा भएको नेपाल–अंग्रेज युद्धमा नेपाली पक्षले हासिल गरेको ऐतिहासिक विजयको सम्झनामा यस वर्ष पनि बुटवलमा विभिन्न कार्यक्रम गरि मनाईदै छ । करिब २११ वर्षअघि प्राप्त उक्त विजयको सम्मानमा परम्परा, जातीय तथा सांस्कृतिक पहिचान झल्किने झाँकीसहित जितगढी किल्लामा कार्यक्रम गरिने भएको हो ।

गोरखाबाट हिडेको नेपाली सेनाको टोलीलाई बिहान ९ बजे नुवाकोटमा स्वागतसहित कार्यक्रम शुभारम्भ हुदैछ । त्यसपछि बिहान १० बजे बुटवल उपमहानगरपालिकाबाट विभिन्न झाँकीसहितको ¥याली सुरु गरिदैछ । बुटवल–१ स्थित जन बिनायक गणेश मन्दिरमा गोरखाबाट आएका नेपाली सेनाको टोलीलाई नगर प्रमुखद्वारा स्वागत हुने छ ।

नेपाली सेनाले कर्नेल उजिरसिंह थापाको सालिक अगाडि सलामी अर्पण गर्ने तथा ऐतिहासिक जितगढी किल्लामा जितगढी महोत्सव आयोजना गरिनेछ । यसैगरि साँझ ६ बजेदेखि ९ बजेसम्म भव्य सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्