बुटवल, ५ वैशाख । बुटवलमा सातदिने “वृहद् योग विज्ञान एवं आवासीय सहयोग शिक्षक प्रशिक्षण शिविर” शुरु भएको छ । पतञ्जलि योगपीठ नेपाल अन्तर्गत महिला पतञ्जलि योग समिति रूपन्देही जिल्लाको आयोजनामा न्यू होराइजन स्कुल, बुटवलमा शनिबारदेखि शिविर शुरु भएको हो ।
शिविरको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गरिन् । शिविरमा योग विज्ञान, ध्यान, प्राणायाम तथा प्रशिक्षक विकाससम्बन्धी विशेष प्रशिक्षण दिइने बताइएको छ।
शिविरमा सहभागीहरूलाई आवासीय सुविधा सहित व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ। वैशाख ११ गतेसम्म सञ्चालन हुने शिविरमा योग तथा स्वास्थ्यप्रति रुचि राख्ने सर्वसाधारणलाई उल्लेख्य सहभागिता रहेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















