Spread the love

बुटवल,४वैशाख मालपोत कार्यालय भैरहवामा कार्यरत एक कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई भैरहवा बजारबाटै रंगेहात पक्राउ गरेको बताइएको छ । अख्तियारका अनुसार सेवाग्राहीको जग्गा सम्बन्धी काममा (सर्जमिन मुचुल्का) का लागि सहजीकरण गरिदिने भन्दै उनले घुस माग गरेका थिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्