Spread the love

काठमाडौं,५वैशाख । प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न नेपाल पानी उद्योग महासंघले सदस्य उद्योगहरूलाई आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै मूल्य वृद्धि गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पानी उत्पादनमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ रोल, जार तथा अन्य कच्चा पदार्थको मूल्य ४० प्रतिशतभन्दा बढीले बढेको, डिजेल तथा पेट्रोलियम पदार्थ महँगिँदा ढुवानी लागत समेत बढेको विज्ञप्तिमा उल्लेख छ।

हाल नेपालमा ६ सय २० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ । यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।

महासंघले सरकारसँग उद्योगमैत्री नीति ल्याउन, कूटनीतिक पहल मार्फत कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका उपायहरू अवलम्बन गर्न माग गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्